दफा १४७
मुद्दा हेर्ने अधिकारी र निर्णय कार्यान्वयन
(१) दफा १४० को कसुर सम्बन्धी मुद्दाको कारबाही र किनारा गर्ने अधिकार नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको अदालतलाई हुनेछ ।

(२) उपदफा (१) मा लेखिए बाहेक यस ऐन बमोजिम निषेध गरिएका अन्य कामका सम्बन्धमा प्राधिकरण आफैंले अनुसन्धान वा जाँचबुझ गरी कारबाही र सजाय गर्न सक्नेछ।

(३) उपदफा (२) मा उल्लिखित प्रयोजनको लागि प्राधिकरणलाई यस ऐन अन्तर्गत बनेको नियम बमोजिम प्राप्त अधिकारको अतिरिक्त जिल्ला अदालतलाई भए सरहको अधिकार हुनेछ। (४) यस ऐन बमोजिम उच्च अदालतमा परेको निवेदन वा पुनरावेदन उपरको सुनुवाई सम्बन्धित उच्च अदालतको वाणिज्य इजलासबाट हुनेछ।